३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सामाजिक सञ्जाल बन्दको विरोध गर्दै मेयर वालेन शाह



काठमाडौं
काठमाडौं महानगरका मेयर बालेन शालले सरकारले बन्द गरेको सामाजिक सञ्जालको विरुद्ध आवाज उठाएका छन् ।
मेयर बालेनले फेसबुकबाटै बालेनले राजधानीमा सोमबार आयोजना हुन लागेकोस्वतफुर्त र्यालीमा कुनै पार्टी , नेता , कार्यकर्ता , सांसद , अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा , उद्देश्य , सोच बुझ्नु मन छ । भोलि यो। म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ , मेरो भरपुर समर्थन छ ।’
उनले सोधका छन्, ‘प्रिय जेन जेड भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?’
केन्द्र सरकारको निर्णय विरुद्ध उभिएका मेयर बालेनको यो कदमलाई सबैले रुचिपुर्वक हेरेका छन् ।
सरकारले दुई दिनअघि आधिकारिक रुपमा सामाजिक सञ्जाल दर्ता नभएको कारण देखाउदै क्रमशः निश्त्रिलय बनाउने निर्णय गरेको थियो । सवोच्च अदालतले समेत सो निर्णयलाई सदर गर्दै सरकारको कदम उचित ठह¥याएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ३ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।