२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जेन-जीलाई माइतीघरमा प्रदर्शन गर्न प्रशासनको अनुमति



काठमाडौं । जेन-जीलाई प्रदर्शन गर्न प्रशासनले अनुमति दिएको छ । माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न अनुमति माग्न जेन-जी केही विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए । काठमाडौंंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले पनि जेन जीहरू आएको पुष्टि गरे ।

‘भोलिको प्रदर्शनका लागि भनेर उहाँहरु आउनु भएको थियो । निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएका छौं,’ रिजालले अनलाइनखबरसँग भने ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति नेता र उनीहरुको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ५ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।