२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेबाट काठमाडौं उपत्यका छिर्ने नाकामा कडाइ



काठमाडौं । पूर्वबाट काठमाडौं उपत्यका छिर्ने नाकाहरुमा कडाइ गरिएको छ। काभ्रेबाट उपत्यका प्रवेश गर्ने पूर्वी नाका बनेपाको साँगा, नाला तथा नगरकोट नाकामा कडाइ गरिएको जिल्ला प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।

उनका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा कर्फ्यू आदेश जारी भएपछि व्‍यक्ति तथा सवारीसाधन प्रवेशमा रोक लगाइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय भक्तपुरले जडीबुटीदेखि अरनिको राजमार्ग साँगासम्म २०० मिटर वरपर, च्यामासिंह, ताथली हुँदै नालासम्म काभ्रेजिल्लाको सीमानासम्म, तथा सल्लाघारी नगरकोट सडक,कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म कर्फ्यु लगाएपछि मानिस तथा सवारीसाधन उपत्यका प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।