१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलीले लचिलो बन्दै भने,‘संवादबाट समाधान खोजौं’, सर्वदलीय बैठक आव्हान



काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीेले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका लागि सर्वदलीय बैठक आव्हान गरेको छन् ।

प्रधानमन्त्री ओलीले आज अपिल जारी गर्दै सोमबार राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःख व्यक्त गर्दै “कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादका माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो”, भनेका छन् ।

“उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ः०० बजे संर्वदलीय बैठक आह्वान गरेको छुु ।’’, प्रधानमन्त्री ओलीले “सम्पूर्ण दाजुुभाइ दिदीबहिनीहरुलाई यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछुु ’’, अपिलमा भनेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।