३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरका प्रहरी कार्यालयहरु आजबाटै सुचारु हुने



ललितखबर
ललितपुरका प्रहरी कार्यालयहरु आजबाटै सुचारु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार जिल्लाका बृत परिसर र प्रहरी चौकीहरुमा प्रहरीहरु पुर्नस्थापनाका लागि प्रकृया सुरु भइसकेको छ ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले ललिखबरसँ कुराकानीका क्रममा ती स्थानहरुमा प्रहरीलाई बस्न बन्दोबस्तीका सरसामान र हतियारलगायत बस्दोवस्त मिलाउने काम भइरहेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘सम्भव भएका ठाँउमा आजै प्रहरीहरु बस्नुहुनेछ ।’

जेन–जी अन्दोलनकारीहरुले मंगलबार यहाँका प्रहरी बृत्त,प्रभाग र चौकीहरुमा आगजनी गरेर क्षति पुर्याएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।