२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बैंक लुट्ने क्रममा फ्याँकिएको ५ लाख ललितपुरका सुरेश देउलाले गरे फिर्ता



काठमाडौं । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा जेनजी प्रदर्शनको क्रममा भएको लुटपाटको रकम ललितपुरका सुरेश देउलाले फेला पारेर प्रहरीले बुझाएका छन्।

३७ वर्षीय देउलाले लुटपाटको क्रममा बाटोमा भेटेको कुल ५ लाख १० हजार ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका हुन्। यसमा ५०० रुपैयाँ दरका नयाँ नोट ५ लाख र खुद्रा १० हजार ५०० रुपैयाँ समावेश छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीका अनुसार, जेनजी आन्दोलनको फाइदा उठाउँदै बैंकमा आक्रमण गर्ने समूहले पैसा लुट्ने प्रयास गरेको थियो। देउलाले लुटपाटको भिडियो खिच्दा लुट्ने समूहका एकजनाले पैसा छाडेर भागेका थिए। त्यसपछि उनले फेला परेको रकम आज प्रहरीलाई बुझाएका हुन्।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ३ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।