२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जेनजी आन्दोलनपछि उपत्यकामा ८ सेक्टरमार्फत सुरक्षा सुदृढीकरण



काठमाडौं । जेनजी प्रदर्शनसँगै उच्छृङ्खल समूहले आगजनी र तोडफोड गरेपछि काठमाडौं उपत्यकाका अधिकांश प्रहरी युनिटहरू ध्वस्त भएका छन्। प्रहरी कर्मचारीहरू अझै काममा फर्किन नसकेका कारण सुरक्षा सुदृढीकरणका लागि प्रहरी प्रधान कार्यालयले नयाँ रणनीति अपनाएको छ।

प्रहरी प्रधान कार्यालयले उपत्यकालाई आठ वटा सेक्टरमा विभाजन गरी छुट्टाछुट्टै कमाण्डर खटाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको अपरेशन समन्वयका लागि हाल पाल्पामा कार्यरत एसपी पवन भट्टराईलाई राजधानीमा बोलाइएको छ। लामो समय काठमाडौंमा अपरेशन प्रमुखको जिम्मेवारी सम्हालेका भट्टराई हुलदङ्गा नियन्त्रणमा अनुभवी मानिन्छन्।

उपत्यकाका विभिन्न क्षेत्रका जिम्मेवारी यसरी तोकिएका छन्:

एसपी दीपक श्रेष्ठ – कालीमाटी, कीर्तिपुर र थानकोट क्षेत्र

एसपी कवित कटुवाल – सातदोबाटो क्षेत्र

एसपी रामेश्वर पौडेल – दरबारमार्ग, सोह्रखुट्टे र जनसेवा क्षेत्र

एसपी रुगम कुँवर – बानेश्वर र सिंहदरबार क्षेत्र

एसपी डीबी मल्ल – बालाजु र स्वयम्भु क्षेत्र

एसपी केशव भट्टराई – गौशाला र बौद्ध क्षेत्र

एसपी बालनसिंह राणा – महाराजगञ्ज र मालिगाउँ क्षेत्र

प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार ध्वस्त भएका प्रहरी युनिटहरूको मर्मत, समन्वय र सुरक्षा सुदृढीकरणका लागि यी अनुभवी एसपीहरूलाई परिचालन गरिएको हो।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।