२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा जेनजी प्रदर्शनका क्रममा १५३ प्रहरी कार्यालयमा आगजनी र तोडफोड



काठमाडौं । काठमाडौं उपत्यकामा भएको जेनजी आन्दोलनका क्रममा १५३ वटा प्रहरी कार्यालयमा व्यापक आगजनी र तोडफोड भएको छ। आन्दोलन भड्किएपछि भदौ २४ गते ललितपुरको हरिसिद्धि प्रहरी चौकीमा आक्रमण सुरु भएको थियो। त्यसपछि काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न प्रहरी कार्यालय आन्दोलनकारीको निशानामा परेका थिए।

उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालका अनुसार उपत्यकाका तीनवटा जिल्लाका १५३ प्रहरी युनिटहरू पूर्ण रूपमा क्षति भएका छन् भने अन्य धेरै युनिटहरूमा आंशिक क्षति भएको छ।

काठमाडौंमा १२६ वटा प्रहरी कार्यालयमा पूर्ण क्षति पुगेको छ। डीएसपी इन्चार्ज हुने ११ वटा प्रहरी वृत्त, १० वटा प्रभाग, ३ वटा चौकी र ३६ वटा बिटमा क्षति भएको छ।

ललितपुरमा दुई वटा वृत्त र सातवटा प्रभागमा पूर्ण क्षति पुगेको छ भने भक्तपुरमा दुई वृत्त, दुई प्रभाग, एउटा चौकी र ३ वटा पोस्टमा पूर्ण क्षति भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयसहित १० वटा ट्राफिक युनिटहरू पनि पूर्ण रूपमा क्षति भएका छन्। आगजनी र तोडफोडको क्रममा आन्दोलनकारीले प्रहरी पोसाक, हतियार र सञ्चार उपकरण समेत लुटेका छन्।

साथै, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले कमान्ड गर्ने रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालय पनि ध्वस्त भएको छ। जिल्ला प्रशासन कार्यालय, सर्वोच्च अदालत र काठमाडौँ जिल्ला अदालतमा प्रयोग हुँदै आएका भवनमा पनि प्रहरी कार्यालयले प्रयोग गर्ने भाग पूर्ण रूपमा क्षति भएको छ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ६ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।