२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा आन्दोलनकारीले तोडफोड गरेको एटिएम मेसिनमा भेटियो ४० लाख नगद



भक्तपुर । भक्तपुरमा स्थानीयले सुरक्षा गर्दै राखेको एटिएम मेसिनमा ४० लाख नगद भेटिएको छ । जेन–जेड आन्दोलनका क्रममा मध्यपुर थिमिको प्रहरी बृत्त आगजनीका कारण पूर्ण रूपमा ध्वस्त भएपछि स्थानीयवासीहरूले उक्त एटिएम मेसिन सुरक्षाको जिम्मा लिएका थिए ।

आन्दोलनकै क्रममा प्रहरी बृत्तसँगै जोडिएको राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसिनसमेत आक्रमणको निशानामा परेको थियो। आक्रमणकारीहरूले एटिएम मेसिन तानेर निकाले पनि तोड्न नसकी छोडेर गएको अवस्थामा, स्थानीयहरूले नै निरन्तर त्यसको सुरक्षा गर्दै आएका थिए।

गत बिहीबारदेखि स्थानीयहरूको सक्रियतामा प्रहरी बृत्त मर्मतसम्भारको काम अघि बढिरहेको छ। यस क्रममा बैंकका कर्मचारीहरूको आग्रहमा स्थानीयले आफैंले एटिएम फुटाएर भित्र रहेको रकम बाहिर निकालेका थिए।

निकालिएको रकम तत्कालै स्थानीयको उपस्थितिमा गणना गर्दा करिब रु. ४० लाख ४१ हजार फेला परेको थियो। उक्त रकम बैंकका कर्मचारीलाई मूचुल्का सहित बुझाइएकामा, स्थानीयले रोहवर साक्षी बसेर सही समेत गरेका छन्।

सोही रकममध्ये रु. २५ लाख प्रहरी बृत्त पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय स्थानीयले गरेका छन्। उनीहरूले “जनताको सुरक्षाको काम सहज होस्“ भनी बैंकका निर्णयकर्ता अधिकारीहरूलाई सहयोगका लागि औपचारिक अनुरोध पठाएका छन्।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।