२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दरबारमार्ग, नयाँबानेश्वर, कालीमाटी र साँखु प्रहरीलाई कम्प्युटरसहितका सामग्री सहयोग



काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा आगजनी भएका काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरुलाई दाताहरुले सहयोग गर्ने क्रम जारी छ ।
यसैक्रममा नासा सेक्युरिटीज ब्रोकर नम्बर ५८ ले दरबारमार्ग प्रहरीलाई तीन सेट कम्प्युटर, तीन सेट प्रिन्टर र तीन सेट टेबल कुर्सी सहयोग गरेको छ ।

व्यक्तिगत रुपमा सेयरबजारका लगानीकर्ता छोटेलाल रौनियारले कालीमाटी प्रहरी कार्यालयलाई सहयोग गरेका छन् । उनले पनि तीन-तीन सेट कम्प्युटर, प्रिन्टर र टेबल कुर्सी सहयोग गरेका हुन् ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष ध्रुव मानन्धर, धर्मशरण मानन्धर लगायत सहभागी थिए ।

यसैगरी पठाओ नेपालले नयाँबानेश्वर प्रहरीलाई र जोय नेपाल फाउन्डेसनले स्वयम्भु प्रहरी कार्यालयलाई सहयोग गरेका छन् । उनीहरुले पनि तीन–तीन सेट कम्प्युटर, प्रिन्टर र टेबल–कुर्सी सहयोग गरेको जनाएका छन् ।

यस्तै मिलारेपा मेडिटेसन भिलेज प्रालिले साँखु प्रहरीलाई ४० थान ब्ल्यांकेट र ५ थान ग्याँस सिलिण्डर सहयोग गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ४ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।