२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित एक जना पक्राउ



काठमाडौं । ७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामान सहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने उदयपुरगढी गाउँपालिका-८ घर भएका ३० वर्षीय हिराबहादुर मगर छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बागमती प्रदेश ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ट्याक्सी तलासी गर्दा डिक्की भित्र लुकाई छिपाई राखिएको उक्त हातहतियार फेला पारेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ५ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।