२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरद्वारा ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु



काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदान गरेको एम्बुलेन्सबाट ग्रामीण स्वास्थ्य सेवामा टेवा पुगेको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले धारणा राखेका छन् । महानगरपालिकाले वितरण गरेका एम्बुलेन्स ग्रहण गर्न आज राष्ट्रिय सभा गृहमा आएका उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँ भन्छन्, ’हाम्रा लागि यो ठुलो सहयोग हो ।’ सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत भन्छन्, ’यो जनता जननता विचको मधुर सम्बन्ध विकासको नमूना हो ।’ वैतडी जिल्लाको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामी भन्छिन्, ’एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाउँछौँ । कार्यविधिले सबैको पहुँचमा समान अवसर दिनेछ ।’

आ.व. २०८२/८३ को बजेट तथा कार्यक्रममा व्यवस्था गरेअनुसार देशभरका विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको छ।

यसअघि आ.व. २०८०/८१ को बजेटमा समेत निरन्तरता दिइएको कार्यक्रमअन्तर्गत नगरसभाको निर्णयबाट ३५ थान ‘बी–क्लास’ एम्बुलेन्स खरिद गरी वितरण गर्ने तयारी भएको थियो। बोलपत्र प्रक्रियामार्फत श्री अग्नि इन्करपोरेटेड प्रा.लि.सँग सम्झौता भई आपूर्ति भएका एम्बुलेन्सलाई प्राविधिक निरीक्षण टोलीमार्फत परीक्षण गरी प्रतिवेदन प्राप्त भएपछि वितरण प्रक्रिया अघि बढाइएको हो।

आ.व. २०८१/८२ मा समेत रु. ८ करोड १० लाख विनियोजन भई सोही गाउँपालिकामा एम्बुलेन्स सहयोग गरिएको र चालु आ.व. २०८२/८३ को नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइँदै, बजेट शीर्षक नं. २५३१२ मा रु. ८ करोड १० लाख रकम छुट्याइएको छ।

महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ४ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।