२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रहरीबाट लुटिएका २ थान पेस्तोल पशुपति जंगलमा फेला



काठमाडौं । काठमाडौंको पशुपति मन्दिर नजिकैको जंगल क्षेत्रबाट दुई थान पेस्तोल बरामद भएको छ। काठमाडौं महानगरपालिका ८ पशुपति क्षेत्रको राम मन्दिर नजिकै जंगलबाट पेस्तोल २ थान र म्याग्जिन ३ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको पेस्तोल फेला पारेको हाे। यी पेस्तोल जेनजी आन्दोलनका क्रममा प्रहरीबाटै लुटिएको पुष्टि भएको छ। ग्यास गनको बुलेट फेला परेपछि प्रहरीले खोजि गर्ने क्रममा राम मन्दिर नजिकै कागज र प्लास्टिकमा प्याक गरेको अवस्थामा पेस्ताेल फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।