ललितपुर
ललितपुरमा जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरेको आरोपमा २२ जनालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ।
एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेकामाथि आपराधिक उपद्रव, चोरी र सङ्गठित अपराध सम्बन्धी म्यादसहित अनुसन्धान भइरहेको छ।
कुपण्डोल र हनुमानस्थान प्रभागमा तोडफोड र आगजनी गरेको आरोपमा २४ वर्षीया सृष्टि तामाङ र २४ वर्षीय धिरेन्द्र चन्द पक्राउ परेका छन्। इमाडोल प्रभागबाट ६ जनालाई पक्राउ गरिएको छ, जसमा पनौतीका २० वर्षीय राज कुमार तामाङ, धनकुटाका २२ वर्षीय गोकर्ण राई, रामेछापका २० वर्षीय कृष्णराज गिरी, उदयपुरका ३१ वर्षीय सुनिल कुमार बस्नेत, सोलुखुम्बुका २२ वर्षीय सरोज नेपाली र सिन्धुलीका २१ वर्षीय नरेश तामाङ रहेका छन्।
हरिसिद्धि प्रभागबाट पेस्तोल लुटेको आरोपमा ओखलढुङ्गाका दिपक राई पक्राउ परेका छन्।
ललितपुर–११ स्थित करणा शाक्यको घरमा डकैतीको प्रयास गरेको आरोपमा १८ वर्षीय सेराज आलम, रौतहटका २८ वर्षीय मनिष सुनार, बाराका २१ वर्षीय साहाजात मिया र काभ्रेका २५ वर्षीय फुर्साङ लामालाई पक्राउ गरिएको छ।
प्रहरीले घटनामा संलग्न सबैलाई कानूनी प्रक्रियाअनुसार कारबाही गर्ने तयारी गरेको छ।








प्रतिक्रिया