२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको स्वयम्भू र टेकु सडकमा दुर्घटना, दुई बृद्धको निधन



काठमाडौं
काठमाडौंको स्वयम्भू र टेकु सडकमा दुर्घटना, दुई जना बृद्धको निधन भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ स्वयम्भू कारखाना चोकस्थित सडकमा ना.७ ख ५२३२ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री काठमाडौं महानगरपालिका–१७ बस्ने ८० वर्षीय बृद्ध विजय मान सैंजुको निधन भएको छ ।
आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा आइतबार बेलुकी निधन
भएको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–१२ टेकुस्थित सडकमा बीएइ ३४६६ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका करिब ५५ वर्षीय बृद्धको सोमबार बिहान निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा निधन भएको हो ।
दुर्घटनामा संलग्न ट्याङकर र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।