१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका ज्योति मगरद्वारा कलाकारहरूको सम्पत्ति शुद्धीकरणको माग



काठमाडौं । गायिका ज्योति मगरले कलाकारहरूको सम्पत्ति पनि शुद्धीकरण हुनुपर्ने धारणा व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार राख्दै नेपाल सरकारको कोषबाट बजेट लिने र त्यसको दुरुपयोग गर्ने कलाकारहरूलाई लिएर प्रश्न उठाएकी छन्।

ज्योति मगरका अनुसार, “नेपाल सरकारको कोषबाट जनचेतनामूलक कार्यक्रमका लागि करोडौँ बजेट लिएर २–४ लाखको फिल्म भिडियो बनाएर बाँकी रकम आफ्नो निजी कम्पनी खोल्ने कलाकार महानुभावहरूको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुँदैन होला? अनि उहाँहरूलाई भ्रष्टाचारी भन्न मिल्छ कि मिल्दैन होला?”

उनको यो अभिव्यक्तिले कलाकारहरूको सरकारी बजेट प्रयोग र पारदर्शितासँग सम्बन्धित बहसलाई नयाँ आयाम दिएको छ। उनले सरकारको कोषबाट सञ्चालित कार्यक्रममा पारदर्शिता र उत्तरदायित्वको आवश्यकता रहेको भन्दै, बजेटको दुरुपयोग गर्ने प्रवृत्तिका विरुद्ध ध्यानाकर्षण गराएकी छन्।

ज्योति मगरको विचार सामाजिक सञ्जालमा व्यापक चर्चामा आएको छ। केहीले उनका विचारलाई समर्थन गरेका छन् भने केहीले यस विषयलाई संवेदनशील र विवादास्पद रूपमा लिएका छन्।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  २ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।