काठमाडौं
भर्खरै चलचित्र ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता दयाहाङ राई र विजय वरालबीचको अनौठो द्वन्द्व देखिन्छ । अभिनेता वराललाई अभिनेता राई, पशुपति राई र गौमाया गुरुङले पटक पटक थप्पड हानेको दृश्य छ । बराल एउटा पिडित पात्रको रुपमा चित्रित छन् ।
ट्रेलरमा अभिनेत्री समृद्धि अर्याल र बराल जोडी रहेको रहस्य खुलाइएको छ । दयाहाङको एकमना खोलाको ठेकेदार छन् ।
ढुंगाखानीको लागि दुई पात्रहरुबीच हुने द्वन्द्वलाई चलचित्रको कथा बनाइएको छ । ट्रेलरमा दयाहाङ नकारात्मक भूमिका देखिन्छन् ।
‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुनेछ । ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।
‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।








प्रतिक्रिया