२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तिहारमा फुल बिक्री गर्न काठमाडौं महानगरले ताेक्याे ३२ स्थान



काठमाडौं । तिहारको समयमा फूल तथा माला बिक्री वितरण सहज बनाउन काठमाडौं महानगरपालिकाले ३२ ओटा विक्री स्थल तोकेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत महानगरले फूल बजार व्यवस्थापन, विदेशी फूलको आयात नियमन तथा फूल बिक्री कक्ष सञ्चालनबारे जानकारी दिएको हो ।

महानगरका अनुसार नयाँ बानेश्वर, चावहिल, माछापोखरी, कालिमाटी, स्वयम्भू, कमलादी, अनामनगर, टेवाल, सुन्धारा, न्यूप्लाजा लगायत ३० भन्दा बढी स्थानहरूमा नेपाली फूल तथा माला बिक्रीका लागि व्यवस्था मिलाइएको छ । यी स्थलहरूमा स्थानीय किसान र व्यवसायीहरूले स्वदेशी फूल तथा माला बिक्री गर्न सक्नेछन्, जसले स्वदेशी उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

महानगरले प्रत्येक स्थलका लागि जिम्मेवार व्यक्ति तथा सम्पर्क नम्बर तोकेको छ । नयाँ बानेश्वरस्थित एन।बी। सेन्टरमा आकृति श्रेष्ठ, आइप्लेक्स मलमा शिशिर पोखरेल, मध्य बानेश्वरमा सपना सिजापती, चावहिल गणेशस्थानमा अज्जव श्रेष्ठ, बत्तिसपुतलीमा सुरज थापा लगायतका व्यक्तिहरू जिम्मेवार तोकिएका छन् ।

सुरक्षाका लागि महानगर प्रहरी बलमार्फत आवश्यक व्यवस्था गरिएको छ । महानगरले सहजिकरणका लागि प्रहरी सम्पर्क नम्बरहरू ०१–५९०१७६३, ०१–५९०१७६४ र मोबाइल ९८५१३५५५०९ सार्वजनिक गरेको छ ।

तोकिने प्रमुख विक्री स्थलहरूमा एन।बी। सेन्टर नयाँ बानेश्वर, बिग मार्ट शंखमुल, सेल्सबेरी मध्य बानेश्वर, ए।सी। कम्लेक्स चावहिल, धर्म चक्र पार्क स्वयम्भू, कालिमाटी, कलंकी भाटभटेनी, माछापोखरी, महाराजगञ्ज, कमलादी, अनामनगर, टेवाल मन्दिर परिसर र न्यूप्लाजा लगायतका स्थानहरू रहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।