काठमाडौं
काठमाडौंको कोटेश्वर तीनकुने क्षेत्रलाई जेनजी चोक घोषणा कार्यक्रममा प्रहरी हस्तक्षेप भएको छ ।
कार्यक्रममो तीनजनालाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा आयोजक जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि)का प्रवक्ता अविन लिम्वू, अरिश तिवारी र सुनील सिंह रहेको जनाइएको छ ।
कोटेश्वर तीनकुने क्षेत्रको चोकलाई जेन्जी चोक घोषणा गर्न कार्यक्रम जेन्जी २.० सहभागी रहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी पक्राउसँगैै राख्न तयारीमा रहेको साइनबोर्ड खोसेर लगेको
कार्यक्रमका लागि प्रशासनबाट अनुमति प्राप्त गरेको कार्यक्रम आयोजक संस्थाका सल्लाहकार डा हरिबहादुर कार्कीले बताए ।
तर कार्यक्रम दीप प्रज्ज्वलन गर्न मात्रै अनुमति लिएको भन्दै प्रहरीले कार्यक्रममा सहभागी नेताहरुलाई पक्राउ गरेको जनाएको छ । काठमाडौंमा अहिले कुनै पनि प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गरेकाले प्रक्राउ गरेको प्रहरीको भनाई छ ।
जेन्जी चोक घोषणाको क्रममा जेन्जी आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जलिस्वरुप दीप प्रज्ज्वल पनि गरिएको थियो । जेन्जीका शहीद परिवार, घाइते सदस्य, जेन्जी नेताहरु र अभियन्ताहरुको बाक्लो उपस्थितिमा कार्यक्रम भएको थियो ।








प्रतिक्रिया