काठमाडौँ
राजधानीबाट मानिसहरुलाई ललाइफकाइ भारतमा लगेर मिर्गौला बिक्री गरेको आरोपमा प्रहरीले दुईजना पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज रामेछाप मन्थली नगरपालिका–१६ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ३४ वर्षीय मोतिलाल तामाङ र सुनसरीको इटहरी नगरपालिका बस्ने ४७ वर्षीय नारायण वन पक्राउ गरेको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहल पठाइएको प्रवक्ता भट्टराईले बताएका छन् ।








प्रतिक्रिया