२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नख्खु कारागारबाट भागेका खत्री नयाँ बस्तीबाट पक्राउ



ललितपुर । जेन–जी आन्दोलनको मौका छोपेर ललितपुरस्थित नख्खु कारागारबाट भागेका सोलुखुम्बुको लिखुखोला गाउँपालिकाका ३० वर्षीय निमा खुर्पा खत्री पक्राउ परेका छन् ।

गत २४ भदौमा भागेका उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले नयाँबस्तीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनले चोरी डकैती मुद्दामा २ वर्ष कैद सजाय गरिरहेका थिए ।

२४ भदौमा जेन–जी आन्दोलन चर्किएपछि सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।