१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तिहार नजिकिएसँगै देखिन थाले पटाका: ताहाचलबाट ठूलो परिमाणमा बरामद



काठमाडौं । काठमाडौंको ताहाचलस्थित गोदाममा अवैध रूपमा विष्फोटक पदार्थ (पटाका) तथा राजस्व छली गरी भण्डारण गरिएको सामानसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति भारतको राजस्थान राज्य, चुरु जिल्ला घर भएका ४८ वर्षीय सुनिल कुमार हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा ताहाचलमा कुमारले भाडामा लिएको गोदाममा छापा मारेको थियो।

छापामारीका क्रममा प्रहरीले विभिन्न प्रकारका पटाका र आतिसबाजी १,२७१ प्याकेट, ‘रेड काउ’ लेखिएको ५०० ग्राम तौलको पाउडर दूध १६० प्याकेट, ‘म्याक्सजोन क्लोथिङ’ लेखिएको विभिन्न रङका टिसर्ट ३२० थान, साथै ‘एसडब्लुसीपी डबल’ लेखिएको १० केजीका बट्टामा रहेको काजु ४ बट्टा (कुल ९.९४० केजी) बरामद गरेको जनाएको छ।

त्यसैगरी कुमारको साथबाट नेपाली नगद २ लाख रुपैयाँ र भारतीय नगद २५ हजार रुपैयाँ समेत फेला परेको प्रहरीले जानकारी दिएको छ।

सुनिल कुमारलाई विष्फोटक पदार्थ सम्बन्धी कसूर र राजस्व छली सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।