काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले फर्पिङ नाकाबाट ठूलो परिमाणमा पटका तथा आतसबाजीजन्य पदार्थ नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मिति २०८२ असोज ३१ गते दिउँसो करिब १ बजेर २२ मिनेटको समयमा दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकपोस्टमा सवारीसाधन चेकजाँचका क्रममा पर्साबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०८–००१ ज ००२८ नम्बरको गाडीमा लुकाइ–छिपाइ ल्याइएका सामग्री फेला परेका हुन्।
गाडीको छतमा लुकाएर ल्याइएका ती सामानहरू जाँच गर्दा ११४० प्याकेट विभिन्न प्रकारका पटका र आतसबाजीजन्य वस्तु भेटिएको प्रहरीले जनाएको छ। बरामद सामग्रीमा रहेका वस्तुहरूको विवरण यसप्रकार छः
१. Flower Dots — ७५ प्याकेट
२. King Cobra — ७९० प्याकेट
३. Turke Bijili — १५८ प्याकेट
४. झिरझिरे पटाका — ९० प्याकेट
५. Ashok चक्र — २० प्याकेट
६. Holi Colour — ५ प्याकेट
७. Guruji FIFA — २ प्याकेट
बरामद गरिएका सबै सामग्री इलाका प्रहरी कार्यालय फर्पिङको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार दशैं–तिहार नजिकिँदै गर्दा यस प्रकारका अवैध पटका तथा आतसबाजीजन्य सामग्रीको बिक्री–वितरण रोक्न प्रहरी कडाइका साथ निगरानी गरिरहेको छ।








प्रतिक्रिया