काठमाडौं
काठमाडौंको मुलपानीमा कारको ठक्करपछि मोटरसाइकल चालकको निधन
भएको छ ।
प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा बा.५ च ८३२० नम्बरको कारले बा.प्र. ०२–०२७ प ६७३० नम्बर स्कुटरलाई आइतबार बेलुकी
ठक्कर दिएको हो ।
ठक्करपछि स्कुटर चालक ५ थली बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ३ घर भएका ३६ वर्षीय मिङमार पाख्रिनको निधन भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीको भनाई छ ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी प्रकृया सुरु गरेको छ ।








प्रतिक्रिया