२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


इमाडोल र टिकाथलीमा जुवातास खेल्ने दुई समूह प्रहरीको फन्दामा



 

ललितपुरको इमाडोल र टिकाथलीमा जुवातास खेल्ने दुई समूह प्रहरीको फन्दामा परेको छ ।

महालक्ष्मी नगरपालिका १ रातामकै चोकस्थित काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ घर भएका ४८ वर्षीय जिवन थापाले संचालन गरेको स्वाद रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा जिवन समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ७५ हजार १ सय ८५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको थियो ।
यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने ३३ वर्षीय सुरेश
नापितको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ९ जनालाई आइतबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९४ हजार ५ सय रूपैयाँ र १९ बुक तास सहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ४ कार्तिक २०८२, सोमबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।