२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


टोखाबाट वालिका बलात्कारको अभियोगमा युवक पक्राउ



 

काठमाडौंको टोखाबाट वालिका बलात्कारको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार १३ वर्षीया बालिकालाई बलात्कार(जबरजस्ती करणी) गरेको अभियोगमा टोखा नगरपालिका
१ सिमाचौर डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २० वर्षीय राहुल कुमार ठाकुरलाई
बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, शनिबार  १ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।