काठमाडौँ । प्रहरी वृत्त महाराजगञ्जका असई मिलन राय र जवान उत्तम थापाको हत्या प्रकरणमा थप पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा गोरखाका सोमबहादुर गुरुङ (२१), तनहुँका राजीव गुरुङ (२१), युनिक श्रेष्ठ, सर्लाहीका सुमित तितुङ (१७) र रामेछापका दीपक मगर (१६) रहेका छन्।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ। यसअघि सो प्रकरणमा पक्राउ परेका चार जना होमप्रसाद पौडेल, टिकाराम विक, युवराज क्याप्छाकी र सोनाम तामाङ, पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।
उक्त हत्या जेन-जी आन्दोलनको क्रममा भएको थियो, जसमा प्रहरी प्रभाग कोटेश्वरका हवल्दार अमृत गुरुङको पनि ज्यान गएको थियो।








प्रतिक्रिया