२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थापाथलीमा गुठीको जग्गामा बनेका टहरा हटाउँदै महानगरले चलायो डोजर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित गुठी संस्थानको जग्गामा अवैध रूपमा बनेका घर टहरा हटाएको छ। शुक्रबार बिहान महानगरले गुठी संस्थानको सहकार्यमा डोजर चलाएर ती टहराहरू हटाएको हो।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सो स्थानमा ५ देखि ७ वटा अवैध संरचना निर्माण गरिएको थियो। “हामीले गुठी संस्थानसँगको सहकार्यमै डोजर चलाएका हौँ, ती टहराहरू हटाउने काम सकिएको छ,” पाण्डेले रातोपाटीसँग बताए।

थापाथली चोक नजिकै ट्राफिक आइल्याण्ड आसपासमा बनेका ती टहराहरू लामो समयदेखि गुठी जग्गा मिचेर निर्माण गरिएको भन्दै महानगरले हटाउने निर्णय गरेको थियो।

महानगरले यसअघि पनि सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध अभियान सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, आइतबार  २ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।