
ललितपुर
दक्षिण ललितपुरको घुसेलमा मोटरसाइकल दुर्घटनापछि स्थानीय मोटरसाइकल चालकको निधन भएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक धुसेलथली घर भएका ३२ वर्षीय राजु सापकोटाको घटनास्थलमै निधन भएको हो ।
ललितपुर प्रहरीका अनुसार बाग्मती गाउँपालिका–१ सिस्नेडोलस्थित सडकमा मानेभञ्ज्याङबाट थलीभञ्ज्याङतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२८ प ४४६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना भएको थियो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया