२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरको दार्जिलिङ हाइटमा विषालु किङ्ग कोब्रा फेला



भक्तपुर । भक्तपुरको दार्जिलिङ हाइटस्थित एउटा निजी आवासको शौचालयमा विषालु सर्प किङ्ग कोब्रा फेला परेको छ। स्थानीयवासीले सर्प देखेपछि तत्कालै प्रहरीलाई जानकारी गराएका थिए।
सूचना पाएलगत्तै ललितपुर महानगर प्रहरी बल र स्थानीय सर्प नियन्त्रण टोली घटनास्थल पुगेका थिए। करिब आधा घण्टाको प्रयासपछि उक्त विषालु सर्पलाई सुरक्षापूर्वक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सर्प अत्यन्तै विषालु प्रजातिको भएको बताइएको छ। घरधनीका अनुसार बिहान शौचालय प्रयोग गर्न जाँदा सर्पको टाउको देखेपछि उनीहरूले चिच्याउँदै बाहिर निस्किएका थिए। “हामी डरले घरमै पस्न सकेनौँ, तुरुन्तै प्रहरीलाई खबर गर्‍यौँ,” घरमालिकले भने।

स्थानीयबासीले सर्प नियन्त्रण टोली र प्रहरीको तत्परतालाई धन्यवाद दिएका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०८२, सोमबार  ७ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।