सिन्धुली । बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
मृतक ओमबहादुर अर्जेल (६५) मोरङको विराटनगर–१७ का वासी हुन्। उनी विराटनगरबाट काठमाडौँ जाँदै गर्दा बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
दुर्घटनामा परी अर्जेलकी ४९ वर्षीया श्रीमती सुनिता अर्जेल गम्भीर घाइते भएकी छन् भने उनका ३१ वर्षीय छोरा निशान्त अर्जेल प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल लगिएका छन्।
प्रहरीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरी आत्मीय सामुदायिक अस्पताल खाल्टे लगाएको थियो। दुर्घटनाका कारण परिवारमा भारी क्षति पुगेको छ।








प्रतिक्रिया