२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जेनजी प्रदर्शनमा अश्रुग्याँस प्रहार गर्ने ललितपुर बस्ने युवक पक्राउ



ललितपुर । । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा प्रहरीको ग्याँस गन लुटेर प्रहरीतर्फ नै प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको अजिरकोट–५ कुसुन्डे घर भएका निखिल भुजेल छन् ।

ललितपुर बस्दै आएका २१ वर्षीय भुजेललाई पक्राउ गरेर आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान थालिएको काठमाडौँका एसएसपी रमेश थापाले बताए ।

आरोपीले प्रहरी वृत्त नयाँ बानेश्वरबाट ग्याँस गन लुटेर सो गनबाट प्रहरीलाई नै अश्रुग्याँस फायर गरेका थिए । उनले हतियार बोकेर हिँडेको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भेटिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बुधबार  २ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।