३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा लागूऔषध कारोबारमा संलग्न एकजना पक्राउ



काठमाडौं । काठमाडौं प्रहरीले लागू औषध कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। सूचना प्राप्त भएपछि प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १३, टंकेश्वरमा निगरानी गरेको थियो।

त्यहाँ संकास्पद गतिविधि गर्दै गरेका मनिष कपाली (४३ वर्ष) लाई नियन्त्रणमा लिइ शरिर खानतलासी गर्दा खैरो प्लाष्टिकको झोलाभित्र लुकाइएका लागू औषध बरामद भएका छन्।

बरामद सामग्रीमा डाइजेपाम २१ एम्पुल, फेनारगन २४ एम्पुल, व्यूप्रेनोर्फिन २० एम्पुल, नाइट्राजेपाम १६ ट्याबलेट, रु. ५,००० नगद र तीन वटा मोबाइल समावेश छन्।

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट थप पाँच दिन अनुसन्धान म्याद अनुमति लिएर अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, बिहिबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।