ललितपुर । ललितपुर महानगरपालिका–१७, ग्वार्कोस्थित आगमन थकाली चुलो एण्ड क्याफे बाट प्रहरीले चितुवाको छाला सहित दुई महिलालाई पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले मंगलबार राति क्याफेमा छापा मार्दा, रामदेवी श्रेष्ठ (४० वर्ष, काठमाडौं शंखरापुर-६) र मथुरा विक (४६ वर्ष, भक्तपुर चाँगुनारायण-५) लाई पक्राउ गरेको हो।
रामदेवीको सेतो हाते झोलामा ४.२ फिट लम्बाइ र १.७ फिट चौडाइको रौँसहितको चितुवाको छाला फेला परेको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट कलर्स कम्पनीको किप्याड मोबाईल र आइटेल कम्पनीको एन्ड्रोइड फोन पनि बरामद गरिएको छ। उनीहरू विरुद्ध वन्यजन्तु चोरी–तस्करीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया