२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जेनजी आन्दोलनका क्रममा लुटिएको प्रहरीको पेस्तोल बिक्री भएको खुलासा, ५ जना पक्राउ



काठमाडौं । जेनजी प्रदर्शनमा लुटिएको प्रहरीको पेस्तोल बेचबिखन भएको खुलासा भएको छ । यो प्रकरणमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरुङ, स्वयम्भूस्थित भगवानपाउ बस्ने २५ वर्षीय राजन देउला, भारत घर भएका २४ वर्षीय अकवर खान, काठमाडौँ–१५ बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्य र क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गर्ने ३८ वर्षीय प्रभात मल्ल छन् ।

बानेश्वर घर भएर क्षेत्रपाटीमा कपडा पसल सञ्चालन गर्ने मल्लले हतियार खरिद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
अन्य आरोपीहरूले भदौ २४ मा भएको जेनजी प्रदर्शनमा प्रहरीको पेस्तोल लुटेर बिक्री गरेका हुन् । प्रहरीले लुटिएको १ थान पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद गरेको छ ।

काठमाडौँ–१५ स्थित ट्राफिक विट नजिक चरा पसलमा काम गर्ने कृष्ण गुरुङले पेस्तोल लुटेको र अन्य ३ जनाले बेच्न सहयोग गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीहरू विरुद्ध प्रहरी वृत्त स्वयम्भूले हातहतियार तथा खरखजाना मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शुक्रबार  ५ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।