३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बैंकिङ कसुर मुद्दामा फरार महिला भक्तपुरबाट पक्राउ



काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिला प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–४ की ४७ वर्षीया पार्वती श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

श्रेष्ठलाई शनिबार मध्यपुर थिमी नगरपालिका–४, नयाँ थिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी लामो समयदेखि बैंकिङ कसुर मुद्दामा फरार थिइन्।

प्रहरीले पक्राउ परेकी श्रेष्ठविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, आइतबार  २ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।