२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुन्धारा कारागारबाट भागेका कैदी प्रहरीको हतियारसहित पक्राउ



काठमाडौं । गत भदौ २४ गते सुन्धारा कारागारबाट भागेका काभ्रेका वाङ्सु लामाले प्रहरीको लुटिएका हतियारसहित पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का अनुसार तामाङले काठमाडौं महानगर–७, लाहुरे टोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लाष्टिकको कुर्सी माथि रकहेको अवस्थामा ग्यास गनको बट र नालको भाग छुट्टा छुट्टै राखेको अवस्थामा बरामद गरेको थियो ।

त्यसपछि अनुसन्धान गर्दा उनको काठमाडौंको गोकर्णेश्वर–३ स्थित डेराबाट ९ एमएम, ९ एक्स १९, ९ एक्स १९ एमएफएस समेत लेखिएका गोली तीन थान बरामद भएको सीआइबीले जनाएको छ । लामा काठमाडौं जिल्ला अदालतको आदेशानुसार गत सौं ७ गतेदेखि पुर्पक्षको लागि कारागार कार्यालय, सुन्धारा, काठमाडौं रहेकोमा भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट भागी फरार रहेको खुल्न आएको सिआईबीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, आइतबार  ४ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।