३० कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


२०३५ सालमा रेडियो चोरी गरेका व्यक्ति ४७ वर्षपछि पक्राउ



काठमाडौं । स्याङ्जा प्रहरीले चोरी मुद्दाका एक कसुरदारलाई ४७ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका– ७ कल्लेरी बस्ने लाल बहादुर राना रहेका छन्।

विस.२०३५ वैशाख १५ गते रातको समयमा स्याङ्जाको साविक पेलाकोट गाउँपञ्चायत वडा नम्बर २ हाल गल्याङ नगरपालिका–७ कल्लेरी बस्ने दिलबहादुर रानामगरको घरबाट सुनका गहना र रेडियो चोरी भएको थियो।

उक्त घटनामा २०४५ मंसिर १६ गते स्याङ्जा जिल्ला अदालतबाट नकबजनी चोरी कसुरमा उनलाई १५ दिन कैद र ४५ सय रुपैयाँ जरिवाना गरिएको थियो।

फरार रहेका लालबहादुरलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अप्रेसन टोलीले यही कात्तिक १७ गते पक्राउ गरेको हो। उनलाई कैद तथा जरिवाना भुक्तान लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएकोमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी प्रसन्नराज चौधरीले जानकारी दिए।

दिलबहमदुर जिल्ला कारागार, स्याङ्जा चलान भएका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०८२, मंगलबार  ५ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।