३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा दिउँसै श्रृखलवद्ध चोरी



काठमाडौं
काठमाडौं उपत्यकामा दिउँसै श्रृखलवद्ध चोरीका घटना भएका छन् । ललितपुरको इमाडो सक्षम टोल, चन्द्रागिरीको तीनथाना र किर्तिपुरको चाँदनी चोकमा दिउँसै डकैती भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल सक्षम टोल बस्ने गजेन्द्र प्रधान घरबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब १८ लाख ३८ हजार ८ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
यसैगरी चन्द्रागिरी नगरपालिका १५ तिनथाना बस्ने यादब प्रसाद पन्थीको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब २६ लाख ६२ हजार ६ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
साथै, काठमाडौं कीर्तिपुर नगरपालिका १ चाँदनीचोक डेरा गरी बस्ने रामेछाप दोरम्बा सैलुङ गाउँपालिका–७ घर भएका बिकाश श्रेष्ठको कोठाबाट नगद तथा सुनका
विभिन्न गरगहना समेत गरी करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
तीन वटै घटनाका सम्न्धमा प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शुक्रबार  ८ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।