काठमाडौं । राजधानीमा केही महिनाअघि भएको प्रदर्शनका क्रममा सरकारी संरचना र प्रहरीमाथि आक्रमण, तोडफोड तथा लुटपाटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार धनुषा बटेश्वर गाउँपालिका–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने १८ वर्षीय शिवम चौधरी यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।
२०८२/०५/२४ गते सिंहदरबार तथा संसद् भवन आसपास, प्रहरी वृत्त बानेश्वरको भवन र त्यहाँ रहेका सवारी साधनमा तोडफोड र आगजनी गरिएको थियो। सो क्रममा प्रहरीको युनिफर्म तथा ट्राफिक ‘ह्वील लक’ समेत लुटेर दुरुपयोग गरिएको प्रहरीले जनाएको छ।
यादवले सुरक्षामा खटिएका प्रहरीमाथि दुर्व्यवहार गर्नुका साथै भीडलाई आक्रमणमा उक्साउने अभिव्यक्ति दिएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी परिसरले जनाएको छ।








प्रतिक्रिया