२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मातातीर्थबाट कौडा खेल्दै गरेका २२ जना पक्राउ, १६ लाख बरामद



काठमाडौं । प्रहरीले काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर–८ स्थित मातातीर्थबाट कौडा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जुवाखालबाट १६ लाख ५३ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । मातातीर्थस्थित एक घरमा हारजित हुनेगरी जुवाखाल सञ्चालन गरेको सूचनाको आधारमा प्रहरीले सो घरमा छापा मारेको थियो । आरोपीहरूविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जुवा मुद्दामा ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।