३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


स्काउटको जग्गामा दीपक खड्काले बनाएका संरचनामा महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल स्काउटको नाममा रहेको लैनचौरस्थित जग्गा खाली गराएको छ। उक्त जग्गा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले लामो समयदेखि ओगटेर राखेको थियो।

युवा तथा खेलकुद मन्त्रालयको अनुरोधमा काठमाडौं महानगरको टोलीले बिहीबार बिहान स्काउट परिसरमा प्रवेश गरी डोजर चलाएर संरचना भत्काएको हो।

नेपाल स्काउटले सो जग्गाको भाडाबापतको बक्यौता बुझाउन कम्पनीलाई सात दिनको अल्टिमेटम दिएको थियो। तर निर्धारित समयसीमा सकिँदा पनि कम्पनीले भाडा नतिरेपछि स्काउटले महानगरसँगको सहकार्यमा जग्गा खाली गराएको हो।

स्काउटका अनुसार लैनचौरस्थित मूल सडकसँग जोडिएको कित्ता नम्बर १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलन गर्न २०६५ सालमा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिसँग १० वर्षे करार गरिएको थियो। सम्झौताअनुसार २०७५ सालमै अवधि सकिए पनि कम्पनीले जग्गा फिर्ता नगरेपछि पटक–पटक ताकेता गरिएको थियो।

महानगरले अवैध रूपमा सार्वजनिक सम्पत्तिमा कब्जा जमाउने प्रवृत्तिलाई नियन्त्रण गर्ने उद्देश्यले यो कारबाहीलाई नियमित अभियानको रूपमा लिएको जनाएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, बिहिबार  ११ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।