काठमाडौं । काठमाडौं प्रहरीले गोप्य सूचनाको आधारमा अनलाइन सट्टाबाजी (जुवा) सञ्चालनमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, मिति २५ गते साँझ ५ बजे काठमाडौं महानगरपालिका वडा नं. ११ सुन्धारा स्थित द माउण्ट फुजी होटलको १०१ नम्बर कोठामा अनलाइन जुवा सञ्चालन भइरहेको भन्ने जानकारी प्राप्त भएपछि खटिएको टोलीले होटलको उक्त कोठामा छापा मारेको थियो।
छापामारीका क्रममा प्रहरीले मोबाइल ६ थान, विभिन्न व्यक्तिहरूको चेक ६ थान, हिसाबकिताबको अभिलेख राखिएको नोटबुक १ थान र नेपाली नगद ३७,००० रुपैयाँ बरामद गरेको छ। साथै, विभिन्न व्यक्तिहरूको खातामा २८,४६,०९८.९७ रुपैयाँ समेत जाँच क्रममा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा छन्:
१. धर्म नाथ प्रसाद, भारत उत्तर प्रदेश राज्य, देवरिया जिल्ला, ५५ वर्ष।
२. राम नन्द यादव, कपिलवस्तु जिल्ला, शुद्धोधन गाउँपालिका वडा नं. ०६ स्थायी घर, हाल रूपन्देही जिल्ला, मायादेवी गाउँपालिका वडा नं. ०८ बस्ने, २५ वर्ष।
प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।








प्रतिक्रिया