काठमाडौं
काठमाडौंको साँखु क्षेत्रमा मोटरसाइकलको ठक्करपछि एक बृद्धको निधन भएको छ ।
प्रहरीका अनुसार शंखरापुर नगरपालिका ५ पालुवारीस्थित सडकमा बा.६५ प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ६ बस्ने ५५ वर्षीय लक्ष्मण चित्रकारको मृत्यु भएको छ ।
बुधबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया