१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मकवानपुरमा ठूलो परिमाणमा लागुऔषध ट्रामाडोल बरामद



हेटौँडा । प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सानो पोखराबाट ठूलो परिमाणमा लागुऔषध ट्रामाडोल बरामद गरेको छ। बिहीबार बरामद गरिएको ट्रामाडोलको कुल परिमाण ८ हजार ३ सय क्याप्सुल रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवास बोहराले जानकारी दिए।

लागुऔषध ओसारपसारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा–२ का ३५ वर्षीय राजीव लामा, बकैया गाउँपालिका–१२ का १९ वर्षीय अशोक स्याङतान, हेटौँडा–१७ का २० वर्षीय प्रवेश बरैली, हेटौँडा–४ का २० वर्षीय निशान कोइराला र मकवानपुरगढी–२ का २३ वर्षीय दीपेश सञ्जेल रहेका छन्।

पक्राउ परेका राजीव लामा पहिले पनि बलात्कार मुद्दामा ६ वर्ष जेल भोगी छुटेका व्यक्ति हुन्। आरोपीहरू ट्रामाडोल लुकाएर ओसारपसार गर्दै गर्दा खाल्डो खनेको अवस्थामा पक्राउ गरिएको थियो।

एसपी बोहराका अनुसार, पक्राउ परेका विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको छ। प्रहरीले थप अनुसन्धान गरी यस गिरोहसँग सम्बन्धित अन्य व्यक्तिहरूको पहिचान र पक्राउ गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, बिहिबार  ५ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।