२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कालीमाटी तरकारी बजारस्थित सरकारी भवन तोडफोड तथा आगजनी आरोपमा एक व्यक्ति पक्राउ



काठमाडौं । कालीमाटी तरकारी बजार क्षेत्रको सरकारी प्रशासकीय भवनमा तोडफोड तथा आगजनी गर्ने अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिकाको १३ टोलमा बस्ने ३६ वर्षीय विजय लामालाई जिल्ला प्रहरी परिसर, काठमाडौंले नियन्त्रणमा लिएको हो।

मंसिर २८ गते बिहान करिब ११:३० बजे कालीमाटी तरकारी बजारभित्र रहेको प्रशासकीय भवनमा तोडफोड र आगजनी भएको घटनामा संलग्न भएको आशंकामा विशेष टोलीमार्फत उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

प्रहरी प्रवक्ता प्र.उ. पवनकुमार श्रेष्ठका अनुसार पक्राउ परेका विजय लामाविरुद्ध सार्वजनिक हितविपरीत कार्य तथा तोडफोडसम्बन्धी मुद्दा दर्ता गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, आइतबार  ५ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।