२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरको राधेराधेमा ग्याँस लिक भएर आगलागी



भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, राधेराधेस्थित राधेराधे स्विट्स मिठाई पसलमा आज ग्याँस लिक भएपछि आगलागी भएको छ। पसलका सञ्चालक हेमराज सिवाकोटीका अनुसार ग्यास सिलिन्डरबाट लिकेज हुँदै जाँदा रेगुलेटर र पाइपमा अचानक आगो सल्किएको थियो।

घटना भएको जानकारी पाएपछि जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल टोली तत्काल घटनास्थल पुगेको थियो। दमकल र स्थानीयवासीको सहयोगमा आगो छोटो समयमा नियन्त्रणमा लिन सफल भएको जुद्ध बारुण कार्यालयले जनाएको छ।

आगलागीबाट ग्यास रेगुलेटर र पाइप जलेर नोक्सानी पुगे पनि अन्य कुनै ठूलो क्षति नभएको प्रहरीले बताएको छ। समयमै नियन्त्रणमा ल्याइएको आगलागीले थप जोखिम टरेको जनाइएको छ।

प्रकाशित मिति : २ मंसिर २०८२, सोमबार  १२ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।