२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एनपीएलमा सट्टाबाजी गराउन खोज्ने दुई आरोपी काठमाडौंबाट पक्राउ



काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले नेपाल प्रिमियर लिग (NPL) दोस्रो संस्करणका खेलाडीलाई सट्टाबाजीमा संलग्न गराउन प्रयास गर्ने दुई व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) ले मंसिर १ देखि २७ गतेसम्म आयोजना गरेको एनपीएल–२०२५ को क्रममा खेलाडीहरूलाई स्पोन्सर गर्छौँ भन्ने बहानामा सोझ्याई खेलको नतिजामा प्रभाव पार्न आर्थिक प्रलोभन देखाइएको विशेष जानकारी प्राप्त भएपछि प्रहरीले निगरानी बढाएको थियो।

त्यस्तै सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंसिर २ गते काठमाडौं महानगरपालिका–२, लाजिम्पाटबाट भारतका हरियाणा रानीमहाल पानीपत बस्ने २८ वर्षीय दिलप्रित सिंह र बर्दिया बारबर्दिया–८ मगरागडी घर भई हाल भारतको चण्डिगढ बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरीलाई पक्राउ गरेको हो।

उनीहरूले व्हाट्सएप र इन्स्टाग्राममार्फत एनपीएलका खेलाडीलाई सम्पर्क गरी सट्टाबाजीसँग जोडिने प्रस्ताव तथा आर्थिक प्रलोभन देखाइ खेलको हारजितमा प्रभाव पार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ।

दुवैलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएकाे छ। उक्त कारबाहीबारे जानकारी काजी कुमार आचार्य, प्रहरी उपरीक्षक तथा कार्यालयका सूचना अधिकारीले सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बुधबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।