२७ बैशाख २०८३, आइतबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका सडकका खाल्डाखुल्डी हिउँदमै मर्मत सुरु



काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङको निर्देशनपछि सडक विभागले काठमाडौं उपत्यकाका मुख्य सडकमा खाल्डाखुल्डी मर्मत गर्ने काम हिउँदयाममै सुरु गरेको छ।

मन्त्री घिसिङको सचिवालयका अनुसार सहरलाई सफा, सुरक्षित र व्यवस्थित बनाउने अभियानअन्तर्गत मुख्य सडकमा रहेका खाल्डाखुल्डी भरिने र आवश्यक ठाउँमा कालोपत्रे गर्ने कार्य तिव्र रूपमा अघि बढाइएको छ।

यसअघि सडक विभागले प्रायः आर्थिक वर्षको अन्त्यतिर वा वर्खा सकिएपछि मात्रै मर्मतकार्य गर्दै आएको भए पनि यो वर्ष पहिलोपटक हिउँदे मौसममै काम थालिएको हो।
मन्त्री घिसिङले हिउँदे मौसम सडक निर्माण तथा मर्मतका लागि सबैभन्दा उपयुक्त हुने भन्दै सम्बन्धित निकायलाई गति दिन निरन्तर आग्रह गर्दै आएका छन्।

प्रकाशित मिति : ९ मंसिर २०८२, सोमबार  १ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।