२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्तिपथमा ३ जना सवार स्कुटरलाई कारले ठक्कर दियो, ३४ वर्षीय युवकको मृत्यु, २ घाइते



काठमाडौं । कान्तिपथमा भएको दुर्घटनामा स्कुटरचालकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका– २७, कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा.८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक ओखलढुंगा लिखु गाउँपालिका– ९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको छ ।

बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुईजनामध्ये एकजनाको सोही अस्पतालमा र एकजनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, बिहिबार  १२ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।